कांग्रेसले खाता खोल्यो, मुस्ताङका योगेश बने पहिलो सांसद - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

कांग्रेसले खाता खोल्यो, मुस्ताङका योगेश बने पहिलो सांसद



काठमाडौं- हिमालपारिको जिल्ला मुस्ताङबाट चुनावी नतिजा आफ्नो पक्षमा पार्दै नेपाली कांग्रेसले विजयी सुरुवात गरेको छ ।

मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेस उम्मेदवार योगेश गौचन ३ हजार ९९२ मतका साथ विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका निवर्तमान सांसद प्रेम तुलाचन ३ हजार ७८ मतमा रोकिएका छन् ।