कांग्रेस कार्यकर्ताबाटै प्रधानमन्त्रीको पुत्ला दहन, गृह जिल्लामै पनि जल्याे पुत्ला ! - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

कांग्रेस कार्यकर्ताबाटै प्रधानमन्त्रीको पुत्ला दहन, गृह जिल्लामै पनि जल्याे पुत्ला !



डोटी  ।  डोटीका काँग्रेस कार्यकर्ताहरुले पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका छन् । कार्यालय परिसरमै प्रधानमन्त्री तथा पार्टी सभापति देउवा र देउवापत्नि आरजुको पुतला बनाएर बजार परिक्रमा गर्दै दहन गरिएको छ।

प्रदेश नम्बर ७ को अस्थायी मूकाम धनगढी तोकेपछि आक्रोशित नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा कालोझण्डा टाँगेका छन्। पार्टीको झण्डा हटाएर कालोझण्डा हालिएको हो। नेपाली कांग्रेसकै सभापति प्रधानमन्त्री भएको बेला दिपायल राजधानी नबनाएको आक्रोशमा कालोझण्डा राखेको आन्दोलनकारीहरुले जनाएका छन्।

यसअघि बुधबारदेखी नेपाली कांग्रेस डोटीको जिल्ला कार्यसमितिले सामूहिक रुपमा पार्टीको सदस्यता त्यागेका छन्। जसमा जिल्लामा सक्रिय सबै तहका नेता कार्यकर्ताहरुले पनि सदस्यता त्यागेको घोषणा गरेका हुन्। जसमा अझै घोषणा गर्ने क्रम जारी रहेको छ।

यता, प्रदेश ७ को राजधानी कैलाली तोकिएको विरोधमा गृहजिल्लामै देउवाको पु्त्ला जलाएका छन् । बुधबारको मन्त्रिपरिषद् बैठकले प्रदेश ७ को राजधानी कैलालीको धनगढी तोकेको विरोधमा प्रधानमन्त्रीको पुत्ला जलाएका हुन् ।

प्रदर्शनकारीले डडेल्धुरा सदरमुकाममा रहेको बसपार्कमै पुत्ला जलाएका छन् । प्रदर्शनकारीले प्रधानमन्त्रीको पुत्लाको शवयात्रासमेत गरेका थिए । मकालु खबरको सहयोगमा