कांग्रेसका दुई दर्जन नेतालाई कारबाही ! (विज्ञप्ति सहित) - Himal Post Himal Post
  • ६ कार्तिक २०८१, मंगलवार
  •      Tue Oct 22 2024
Logo

कांग्रेसका दुई दर्जन नेतालाई कारबाही ! (विज्ञप्ति सहित)



ललितपुर । नेपाली कांग्रेस ललितपुरले चुनावमा अन्तर्घात गर्ने दुई दर्जन भन्दा बढी नेतालाई कारबाही गरेको छ । बिहीबार विज्ञप्ति जारी गर्दै निर्वाचनका बेलामा पार्टीका आधिकारिक उम्मेदवारहरूलाई अन्तर्घात गर्ने नेताहरूलाई कारबाही गरेको हो ।

प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेसलाई हराउन अन्तर्घात गर्ने ललितपुर कांग्रेसका दुई दर्जन बढी नेताहरू कारबाहीमा परेको हुन्।

जसमा पूर्वमन्त्री ओमकार प्रसाद श्रेष्ठ पनि परेका छन् । कार्बाहीमा परेका उनीहरूले बाम गठबन्धनका उम्मेदवारहरूलाई जिताउन सहयोग गरेका आरोप लगाईएको छ ।

कार्वाहीमा परेकाहरुलाई पार्टी कार्यक्रममा सहभागी नगराउन ललितपुर कांग्रेसका सभापति मदन अमात्यले मातहत समितिलाई निर्देशनसमेत दिएका छन् ।