काँग्रेस हारेको छ, तर ढलेको छैन : विश्वप्रकाश - Himal Post Himal Post
  • २७ बैशाख २०८१, बिहीबार
  •      Thu May 9 2024
Logo

काँग्रेस हारेको छ, तर ढलेको छैन : विश्वप्रकाश



नेपाली कांगे्रसलाई अबको दिनमा बलियो बनाउन रगत दिने कालखण्डको दिन सकिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताएका छन् । उनले अबको दिनमा नेपाली काँग्रेसलाई नयाँ ऊर्जाका साथ अगाडि ल्याउन युवा शक्ति सक्रिय र जुझारु हुन आवश्यक रहेको बताए ।

रुपन्देहीको देवदह सुरजपुरा काण्डमा रहेको ऐतिहासिक घरको अवलोकनको क्रममा उनले उक्त कुरा बताएका हुन् । उनले चुनावमा कांगे्रसको नतिजा कम आएर रुख ढलेको भन्नेहरुलाई काँग्रेस हारेको छ, तर ढलेको छैन, काँग्रेस मा फेरि नयाँ पालुवाका साथ मुनाहरु पलाउने हुनाले युवाहरुमा आत्मविश्वासको जग बलियो बनाइराख्न आग्रह समेत गरे ।

नेता शर्माले भने “– राजाका दलालहरुले प्रजातन्त्रका विरुद्ध साङ्घातिक हमला गरेको स्थान देवदह सुरजपुराको घटना देशभरि प्रसिद्ध रहेको खण्डमा सुरजपुरा घटनाबाट फर्केर गएको कांगे्रस अझै जागरिलो र दरिलो भयो, त्यो घटनापछि विद्यार्थी जीवनबाटै प्रेरणा प्राप्त गरेको हामी हौ ।” उनले अबको दिनका आधुनिक कांगे्रस निमार्णको खाचो रहेको औल्याउदै आधुनिक कांगे्रस निमार्ण गर्न अल्छाई र उर्जाविहिन युवाहरूको आवश्यकता नपर्ने पनि बताए । उनले नेपाली कांगे्रस देशको पाको र जेठो पार्टी भएकाले अहिले चुनावमा घर भित्केको तर स्थान र जिम्मेवारी भने उही जेठो र पाको स्थानमै रहेको बताए । काँग्रेसका युवा नेता समेत रहेका विश्वकर्मा आधुनिक काँग्रेस निमार्णको लागि राष्ट्रव्यापी अभियानका साथ देश दौडाहामा निस्केका हुन् ।

कार्यक्रममा सुरजपुरा काण्डका प्रत्यक्षदर्शी एवंम् नेपाली कांगे्रसका नेता शक्तिप्रशन्न गिरीले सुरजपुरा काण्ड कसरी र किन भएको भन्ने बारेमा आफूले देखे भोगका कुराहरू राखेका थिए । कार्यक्रममा नेपाली काँग्रेस देवदह नगरसभापति गुनाखर भुर्तेल, सचिव अर्जुन पोखरेल लगायतले आ–आफ्ना भनाई राखेका थिए ।