कांग्रेसको महाधिवेशन चौथोपटक सर्‍यो - Himal Post Himal Post
  • ३१ असार २०८३, बुधबार
  •      Wed Jul 15 2026
Logo

कांग्रेसको महाधिवेशन चौथोपटक सर्‍यो



काठमाडौँ – नेपाली कांग्रेसको महाधिवेशनको मिति चौथोपटक सरेको छ। बुधबार बसेको निर्वाचन समितिको बैठकले कांग्रेसको सबै तहको अधिवेशनको कार्यतालिका हेरफेर गरेको हो।

निर्वाचन समितिका एक सदस्यका अनुसार अब कांग्रेस महाधिवेशन मंसिर २७ देखि ३० गतेसम्म गर्ने निर्णय भएको छ। मंगलबार पार्टी सभापति शेरबहादुर देउवाले मंसिरभित्रै अधिवेशन सक्ने गरी नयाँ कार्यतालिका ल्याउन निर्देशन दिएका थिए।

यसअघि मंसिर ९ देखि १२ गतेसम्म गर्ने कार्यतालिका तय भएको थियो। यस्तै तल्ला तहको विथोलिएको अधिवेशन कालिकालाई पनि कांग्रेस तोकेको छ।

अहिलेसम्म वडा अविधेशन नभएका १३ जिल्लामा कात्तिक २७ गते गर्ने निर्णय भएको छ।

पालिका तहको अधिवेशन कात्तिक ३० का लागि तोकिएको छ। मंसिर ६ गते संघीय निर्वाचन क्षेत्र अधिवेशन र मंसिर १० गते जिल्ला अधिवेशनको मिति तोकिएको छ। अहिलेसम्म हिमाली र उच्च पहाडी १३ जिल्ला मात्रै जिल्ला अधिवेशन भएको छ।

निर्वाच समितिले मंसिर १६ र १७ गते प्रदेश अधिवेशनको मिति तय गरेको हो।