कांग्रेसका चार क्लस्टरबाट १७ जना केन्द्रीय सदस्य निर्वाचित - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

कांग्रेसका चार क्लस्टरबाट १७ जना केन्द्रीय सदस्य निर्वाचित



नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत भएको चुनावमा चार वटा क्लस्टरबाट विनोद चौधरी सहित १७ केन्द्रीय सदस्य निर्वाचित भएका छन्।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश १ मा खुलातर्फबाट अमृत अर्याल र राजीव कोइराला केन्द्रीय सदस्यमा निर्वाचत भएका छन्। अर्यालले २३८९ र कोइरालाले २१५२ मत प्राप्त गरेका छन्। दुई सदस्यका लागि ७ जनाले प्रतिस्पर्धा गरेका थिए।

त्यस्तै, प्रदेश १ को महिलातर्फबाट महेन्द्रकुमारी लिम्बू निर्वाचित भएकी छन्। उनले २२२९ मत प्राप्त गरेकी छन्। एक पदका लागि भएको निर्वाचनमा तीन जनाले प्रतिस्पर्धा गरेका थिए।

मुस्लिमतर्फ खुलामा अब्दुल रज्जाक र अब्दुल सतार केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। रज्जाकले २३९० र सतारले २२२८ मत प्राप्त गरेका छन्। दुई पदका लागि भएको निर्वाचनमा १० जनाले प्रतिस्पर्धा गरेका थिए।

मुस्लिमकै महिलातर्फ जावेदा खातुन जागा केन्द्रीय सदस्य बनेकी छन्। उनले १९०० मत प्राप्त गरेकी छन्। एक पदका लागि ६ जना प्रतिस्पर्धामा थिए।

मधेशीतर्फको खुलाबाट अजयकुमार चौरसिया, विनोद चौधरी, चन्द्रमोहन यादव, महेन्द्रकुमार राय र दिनेशकुमार यादव केन्द्रीय सदस्य बनेका छन्। चौरसियाले २५२२, चौधरीले २२०६, चन्द्रमोहनले २१३८, रायले १९८४ र दिनेशले १९५९ मत पाएका छन्। पाँच केन्द्रीय सदस्यका लागि भएको चुनावमा २३ जना प्रतिस्पर्धामा थिए।

यस्तै, मधेशी महिलातर्फ मुक्ताकुमारी यादव, मिनाक्षी झा, मञ्जुकुमारी यादव र नागिना यादव निर्वाचित भएका छन्। मुक्ताले ३०६०, मिनाक्षीले ३०१२, मञ्जुले २८८६ र नागिनाले २८४६ मत प्राप्त गरेका छन्। चार केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा पाँच जना उम्मेदवार रहेका थिए।

यसैगरी, बागमती प्रदेश खुलातर्फ ध्यानगोविन्द रञ्जित र राजेन्द्रकुमार केसी (राजन) केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। रञ्जितले २४१९ र केसीले २१२९ मत पाएका छन्। दुई पदका लागि भएको निर्वाचनमा ६ जना प्रतिस्पर्धामा उत्रिएका थिए।

अहिलेसम्म पदाधिकारीसँगै खुला केन्द्रीय सदस्य, महिला केन्द्रीय सदस्यको मत गणना भइसकेको छ। अब अन्य क्लस्टरको मत गणना भइरहेको कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले बताए।