कांग्रेस छाडी नेकपा प्रवेश गर्दा बित्तिकै राजदूत पद उपहार - Himal Post Himal Post
  • ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
Logo

कांग्रेस छाडी नेकपा प्रवेश गर्दा बित्तिकै राजदूत पद उपहार



काठमाडौं, २५ जेठ । नेपाली कांग्रेस छाडी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीमा केही समयअघि  प्रवेश गरेका महेश दाहाललाई अस्ट्रेलियाको राजदूत पद उपहार परेको छ ।

दाहाल नेपाल टेलिभिजनका पूर्व अध्यक्ष पनि हुन् । उनलाई सरकारले रिक्त रहेको अस्ट्रेलियाका लागि नेपालका राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ ।

दाहाललाई नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी प्रवेश गराउँदै उचित जिम्मेवारी दिने घोषणा गरेका थिए । प्रचण्डकै सिफारिसका आधारमा दाहाललाई मन्त्रिपरिषद्ले राजदूत पद सिफारिस गरेको हो ।