कांग्रेसको विवाद चुलियो ! - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

कांग्रेसको विवाद चुलियो !



काठमाण्डौ । आज बस्ने भनेको नेपाली कांग्रेसको निर्वाचित केन्द्रीय सदस्यहरुको बैठक स्थगित भएको छ ।

आजको बैठकबाट पदाधिकारी मनोनित गर्ने तयारी थियो । तर, पौडेल समूहको असहमतिपछि बैठक चार दिनका लागि स्थगित गरिएको छ ।

अब कांग्रेस बैठक २१ गते दिउँसो २ बजे बस्ने नेपाली कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

सभापति शेरबहादुर देउवाले आज पदाधिकारी मनोनित गर्ने तयारी गरेका थिए । तर सभापतिले सहमति नगरी बहुमतीय प्रकृयामा जान खोजेको भन्दै पौडेल पक्षले असहमति जनाउँदै आएको छ ।

कांग्रेसमा महाधिवेशन भएको २६ महिना पुगिसके पनि पदाधिकारी मनोनयन हुन सकेको छैन । कांग्रेस विधानमा भने महाधिवेशन सकिएको दुई महिनाभित्र पदाधिकारी मनोनित गर्ने व्यवस्था छ ।

विधानअनुसार सभापतिले पदाधिकारीमा उपसभापति र महामन्त्री एक-एक जना तथा सहमहामन्त्री दुई जना मनोनित गर्न पाउँछन् ।