कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु



काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीले प्रस्तुत गर्ने प्रतिवेदनमा गुटहरूको विवाद मिल्न नसक्दा अनिश्चित बनेको बैठक अन्तत: साँझदेखि सुरु भएको छ। बिहान ९ बजेका लागि बोलाइएको बैठक साँझ ६ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु भएको छ।

विवाद मिलाएर सहमतिको प्रतिवेदन तयार भएपछि बैठक बसेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। प्रतिवेदनमा चुनावी समीक्षाको सार आउने प्रवक्ता शर्माले बताए। महामन्त्रीको प्रतिवेदनले पार्टीमा जागरण र उत्साह ल्याउने अपेक्षा रहेको उनले बताए।

केन्द्रीय समिति बैठक आजै सकिने जनाइएको छ। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टी हार्नुको कारणबारे विवाद हुँदा बैठक शनिबारदेखि अनिश्चित बनेको थियो।

चुनावी हारको समीक्षा र आगामी रणनीति तय गर्न भन्दै बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरुले शुक्रबार नै आफ्नो धारणा राखिसकेका छन्। बैठकमा झन्डै ७० सदस्यले आफ्नो धारणा राखेका छन्। बैठकमा उठेका विषयलाई एकीकृत गरी महामन्त्रीले प्रतिवेदन ल्याउने भनिए पनि सहमति जुट्न नसक्दा बैठक बस्न सकेको थिएन।