काँग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक: यस्ता छन् पाँच निर्णय - Himal Post Himal Post
  • ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
Logo

काँग्रेस केन्द्रीय कार्यसमितिको पहिलो बैठक: यस्ता छन् पाँच निर्णय



काठमाडौं- नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको पहिला बैठक पाँचवटा निर्णय गरेको छन् । पार्टी कार्यालयमा बसेको बैठकपछि महामन्त्री गगन थापाले बैठकले पाँचवटा निर्णय भएको जानकारी दिए । थापाका अनुसार बैठकले महाधिवेशनपछिको अवस्थामा पार्टीमा सुदृढ एकता कायम गरेर अगाढि बढाउने संकल्प गरेको छ।

यस्तै पार्टीको महाधिवेशन सम्पन्न गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिने निर्णय बैठकले गरेको थापाले बताए । राष्ट्रियसभा सदस्यको निर्वाचनमा पार्टीका उम्मेदवारका लागि सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्ने निर्णय बैठकले गरेको महामन्त्री थापाले बताए ।

उनका अनुसार बैठकले निर्वाचन आयोगमा पार्टीको दर्ता अद्यावधिक गर्ने र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता गर्न मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिने निर्णय गरेको छ।