काँग्रेस अर्घाखाँचीद्वारा चुनावी अभियान तीव्र - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

काँग्रेस अर्घाखाँचीद्वारा चुनावी अभियान तीव्र



घनश्याम पाैडेल/अर्घाखाँची, २३ कात्तिक ।

नेपाली काँग्रेसको चुनावी प्रचारप्रसार कार्यक्रम अर्घाखाँचीको भुमिकास्थान नगरपालिकाको धारापानीमा सम्पन्न भएको छ । सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता पूर्व मन्त्री तथा पूर्व केन्द्रीय सदस्य रेवती प्रसाद भुसालले लोकतन्त्रको रक्षाका लागि नेपाली काँग्रेसको जीत अपरिहार्य भएको बताउनु भयो । उहाँले वाम गठबन्धनले काँग्रेसलाई झन् बढी फाइदा भएको बताउँदै कम्युनिस्टहरु धरासयी हुने बताउनु भयो ।

प्रतिनिधि सभाका उम्मेदवार डा. रामबहादुर विसीले स्वास्थ्य क्षेत्रमा अर्घाखाँची जिल्लालाई नमुना बनाउँने बताउनुभयो । उहाँले विकासका नारा सबैले लिएर हिडेपनी खासै विकास पनि हुन नसकेको र स्वास्थ्यका कुरा कसैले नसमेटेकोले महत्त्वपूर्ण स्वास्थ्य भएकाले देशकै नमुना जिल्ला बनाउने उदघोष गर्नुभयो । उहाँले विकास भन्दा महत्त्वपूर्ण स्वास्थ्य सँगसँगै विकास पनि हुनुपर्छ, तर आफूले प्राथमिकता स्वास्थ्यलाई नै राख्ने बताउनुभयो ।

प्रदेश सभा क्षेत्र नम्बर १ का उम्मेदवार विष्णुप्रसाद खनाल मुस्कानले विद्यार्थी कालदेखि नै जिल्लाका कुना काप्चा सम्मको वस्तुस्थीती बुझेकाले जिल्लालाई कसरी समृद्ध बनाउँन सकिन्छ भनेर आनो उम्मेदवार रहेको बताउनु भयो । बामगठबन्धनको विरुद्ध आनो उम्मेदवारी रहेकाले सामान्य गरिबले पनि उम्मेदवार पाउँने भएकाले गरिबको मन जितेर आुले जित्ने दाबी गनुभयो ।
५ नम्बर प्रदेश समानुपातिक उम्मेदवार निर्मला क्षेत्रीले महिला हक अधिकार सुनिश्चतका लागी निरन्तर लागिरहेको बताउनुभयो ।
महिला शसक्तीकरणका लागी पार्टीको निर्देशन अनुसार केन्द्रदेखी गाउँतहसम्म पुगेको स्मरण गराउँदै आउँदो दिनमा पनि जिल्लाको समग्र विकासमा लागी पर्ने नेतृ क्षेत्रीले बताउँनुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति केसवराज कुवर, महासमिति सदस्य केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि कृष्ण खनाल, लोकेन्द्र बिक, जिल्ला सचिव विष्णु भुसाल, भुमिकास्थान नगरपालिकाका उपमेयर खडानन्द बेल्बासे, जिल्ला सदस्य प्रेम बेल्बासे, खडानन्द बेल्बासे, धनीश्वर खनाल, दलित सङ्घका मणिराम परियार, तरुण दलका अध्यक्ष नारायण खड्का, लिलाधर बस्याल , क्षेत्रीय उपसभापति कृष्ण बेल्बासे, सचिव तारा फुल्लेल लगायतले मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रम धारापानी काँग्रेसका रामलाल भुसालको सभापतित्व र सचिव विष्णु पुनको सञ्चालनमा सम्पन्न भएको हो ।
त्यस्तै नेपाली काँग्रेस क्षेत्र नम्बर २ ले नरपानीमा भेटघाट तथा अन्तरक्रिया सम्पन्न गरेको छ । प्रदेश सभाका उम्मेदवार हिम्मतबहादुर टण्डनले क्षेत्र नम्बर दुईलाई समृद्ध बनाउँनका लागी आनो उम्मेदवारी रहेको बताउनुभयो ।

नरपानीको सम्रग विकासका पहिलेदेखी नै महत्त्वपूर्ण योग्दान पुèयाएकोले अव पनि अड्गुरी बासीले जिताउँनका लागी आजैबाट लाग्न आग्रह गनुभयो । कार्यक्रममा काँग्रेस नेता श्यामनाथ कास्यप, क्षेत्रीय सभापति अच्युत गौतम, काँग्रेस नेता जय बहादुर टण्डन, रमेश खनाल, निमबहादुर विक, क्षेत्रीय सचिव कृष्ण बहादुर आचार्य, नगर कोषाध्यक्ष इन्द्रमणि न्यौपाने, लगायतले मन्तव्य राख्दै काँग्रेसको पक्षमा अत्यधिक मत ल्याउँनका लागी आजैबाट सबै लाग्ने बताउँनुभयो । कार्यक्रम नरपानीका वडा सभापति बुद्धि न्यौपानेको सभापतित्वमा सम्पन्न भएको हो ।