कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

कांग्रेसको १६ जिल्लाको अधिवेशन स्थगित



काठमाडौं- नेपाली कांग्रेसको १६ जिल्लाको अधिवेशन महाधिवेशन पछाडि हुने भएको छ।

केन्द्रीय निर्वाचन समितिको बिहीबारको बैठकले आजका मितिसम्म अधिवेशन हुन बाँकी रहेका जिल्लामा अधिवेशनका सबै प्रक्रिया स्थगन गर्ने निर्णय गरेको छ।

केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बिहीबार विज्ञप्ति जारी गर्दै अधिवेशन हुन बाँकी रहेका जिल्लामा महाधिवेशन पछाडि गर्ने जानकारी दिए।

बुधबारसम्म ६१ जिल्लामा अधिवेशन सम्पन्न भइसकेको छ। सातमध्ये प्रदेश २का आठ जिल्लामा भने अधिवेशन नै भएका छैनन्। प्रदेश २ मा क्षेत्रीय अधिवेशनसमेत हुन सकेको छैन। शुक्रबार प्रदेश र क्षेत्रीय अधिवेशन हुने कार्यतालिका छ।

कैलाली, बाँके, अछाम, नवलपरासी पूर्व, सिन्धुपाल्चोक, मकवानपुर, चितवन र सिन्धुलीमा जिल्ला अधिवेशन हुन सकेको छैन।