काँग्रेस जागरण अभियान- नेताहरू को कहाँ खटिए ? - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

काँग्रेस जागरण अभियान- नेताहरू को कहाँ खटिए ?



काठमाडौं – नेपाली काँग्रेसको दोश्रो राष्ट्रिय जागरण अभियानका लागि आजदेखि प्रतिनिधि खटाएको छ। केही ठाउँमा पूर्वसांसद र पूर्व जिल्ला सभापतिलाई केन्द्रीय प्रतिनिधिका रूपमा खटाइएको छ ।

३ सय ३० निर्वाचन क्षेत्रमा असोज ७ गतेसम्म कार्यक्रम गर्नका लागि काँग्रेसले सोमबार प्रतिनिधि खटाएको हो। जसमा अधिकांश प्रदेशसभाका उम्मेदवार प्रतिनिधि रहेका छन् ।

यता, पार्टीका पदाधिकारीलाई पनि विभिन्न जिल्लामा खटाइएको छ । कार्यक्रम तालिकाअनुसार सभापति शेरबहादुर देउवाले सुनसरी, वरिष्ठ नेता रामचन्द्र पौडेलले कास्की, उपसभापति विमलेन्द्र निधिले धनुषा र उपसभापति विजयकुमार गच्छदारले सुनसरीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै महामन्त्री डा.शशांक कोइरालाले मकवानपुर, महामन्त्री पूर्णबहादुर खड्काले भक्तपुर, कोषाध्यक्ष सीतादेवी यादवले काठमाडौँं र सहमहामन्त्री डा.प्रकाशशरण महतले पनि काठमाडौंकै सभालाईे सम्बोधन गर्नेछन् ।