कांग्रेसको आकस्मिक पत्रकार सम्मेलन - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

कांग्रेसको आकस्मिक पत्रकार सम्मेलन



काठमाडौं – नेपाली कांग्रेसले मंगलबार पत्रकार सम्मेलन गर्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपमा दिउँसो ३ बजे पत्रकार आयोजना गरिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

पत्रकार सम्मेलनमा शेखर कोइराला समूहको भेला, गठबन्धनमा भइरहेक‍ो छलफल, निर्वाचन तयारीलगायत विषयमा केन्द्रित रहने बताइएको छ।

नेपाली कांग्रेस शेखर कोइराला समूहका नेताहरूले समानुपातिक बन्दसूची हेरफेर गर्नुपर्नें, ४० प्रतिशत भाग दिनुपर्ने, प्रदेश र प्रतिनिधिसभामा सम्मानजनक स्थान दिनुपर्ने भन्दै सभापति शेरबहादुर देउवामाथि निरन्तर दबाब बढाएका छन्।

सोमबार शेखर समूहका नेताहरूको भेलाले बुधबार पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको सरकारी निवासमा एक घन्टा धर्ना दिनेलगायतको आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।

साथै, कांग्रेसले गर्ने चियापान कार्यक्रममा संस्थापन पक्षलाई दबाब दिने, जिल्ला जिल्लामा आन्तरिक भेला गर्नेलगायतका निर्णय गरेका थिए ।

संस्थापन पक्षले समानुपातिक बन्दसूचीमा ९० प्रतिशत आफू निकट नेताको नाम राखेर बुझाएपछि कांग्रेसमा कलह उत्कर्षमा पुगेको छ ।