कांग्रेसद्वारा सहिद दिवस र प्रजातन्त्र दिवस बिदा कटौतीको विरोध - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

कांग्रेसद्वारा सहिद दिवस र प्रजातन्त्र दिवस बिदा कटौतीको विरोध



काठमाडौँ । प्रमुख प्रतिपक्षी कांग्रेसले माघ १६ को सहिद दिवस र फागुन ७ को प्रजातन्त्र दिवसको अवसरमा दिँदै आएको सार्वजनिक बिदा कटौती गरिएको प्रति आपत्ति जनाएको छ ।

वाम गठबन्धन सरकारले कांग्रेस नेतृत्वमा भएको ०७ सालको क्रान्तिलाई विस्मृतिमा लैजान प्रजातन्त्र दिवस र सहिद दिवसको बिदा कटौती गरेको आरोपसमेत कांग्रेसले लगाएको छ ।

प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस नेता दिलेन्द्र बडुले ०७ सालको क्रान्ति र त्यसको पृष्ठभूमिको आन्दोलनको इतिहासको सम्मानका लागि पनि सहिद दिवस र प्रजातन्त्र दिवसको बिदा खारेज गर्न नहुने बताए । उनले प्रजातन्त्र र सहिद दिवस खारेज गरेर वाम गठबन्धन सरकारले लोकतन्त्रमाथि सुनियोजित रूपमा आक्रमण गरेको आरोपसमेत लगाए । ‘प्रजातन्त्र दिवस र सहिद दिवसको बिदा कटौती गर्नु आपत्तिजनक छ । यो लोकतन्त्रमाथिको आक्रमण हो । सरकारले तत्काल यो निर्णय फिर्ता लिनुपर्छ,’ उनको भनाइ थियो । मन्त्रिपरिषद् बैठकले प्रजातन्त्र दिवस र सहिद दिवससहित १२ दिन सार्वजनिक कटौती गरेको थियो ।