राजनीतिक दल सम्बन्धि अध्यादेशको कांग्रेसभित्रै चर्को विरोध - Himal Post Himal Post
  • ८ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 24 2026
Logo

राजनीतिक दल सम्बन्धि अध्यादेशको कांग्रेसभित्रै चर्को विरोध



काठमाडौं- सत्तारुढ दल नेपाली कांग्रेसमै सरकारले ल्याएको राजनीतिक दल विभाजन सहज पार्ने अध्यादेशको विरोध भएको छ। कांग्रेस नेता डा शेखर कोइरालाले यसको विरोध गरेका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेश गलत रहेको भन्दै उनले सरकारले ल्याएको अध्यादेशको विरोध गरेका छन्।अध्यादेशबाट राजकाज चलाउने सोचको समर्थन गर्न नसकिने उनले बताए।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकार सञ्चालनको सुबिधाको लागि राजनीतिक दल सम्बन्धि अध्यादेश ल्याईएको हुनसक्छ, सरकारले संसदबाट परिमार्जन र सुधारसहित बजेट पास गर्ने तर्फ सक्रियता देखाउनु पर्थ्यो।’

दल फुटाउनका लागि अध्यादेश ल्याउने संस्कार कांग्रेसको नभएको उनले प्रष्टाए। परिमार्जन र सुधार सहितको बजेट ल्याउने कार्यमा प्रधानमन्त्री चुकेको उनले बताए।

अध्यादेशको विरोध गर्ने कोइराला कांग्रेसका पहिलो नेता हुन्।