कांग्रेस नेता भन्छन : बिपी पछिको नेता प्रचण्ड हुन् - Himal Post Himal Post
  • १८ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 30 2024
Logo

कांग्रेस नेता भन्छन : बिपी पछिको नेता प्रचण्ड हुन्



भदौ ३१ /बारा 

आज सिमरा विमानस्थलमा गजवको तस्वीर देखियो । दुई काँग्रेस नेताकोवीचमा थिए माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । काँग्रेस नेता रामहरी खतिवडा र चन्द्र भण्डारीकोबीचमा प्रचण्ड बसेका थिए ।

उनीहरु तीनै जना काठमाडौं फर्कनका लागि विमानस्थल पुगेका थिए ।अनौपचारिक कुराकानीमा काँग्रेस नेता भण्डारीले प्रचण्डलाई विपी कोइरालापछिको नेताका रुपमा चित्रण गरे । संविधान बनाउने र कार्यन्वयनमा प्रचण्डले खेलेको भूमिका महत्वपूर्ण भएको काँग्रेस नेताहरुले बताएका थिए ।

हिजो युद्धको पृष्ठभूमि भएको पार्टी आज लोकतान्त्रिक भएकोमा आफुहरु अचम्मित भएको काँग्रेस नेताहरुको भनाई थियो । संविधान बनाउने र कार्यन्वयन गर्ने कुरा प्रचण्डका लागि ठूलो कुरा भएको उनले बताए ।सुनौलो नेपालको सहयोगमा