कांग्रेस मात्रै हुने हो भने यो देश आफै चम्किन्छ :भट्टराई - Himal Post Himal Post
  • ५ बैशाख २०८१, बुधबार
  •      Wed Apr 17 2024
Logo

कांग्रेस मात्रै हुने हो भने यो देश आफै चम्किन्छ :भट्टराई



गोरखा, मंसिर १७ ।

नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले कांग्रेस मात्रै हुने हो भने यो देश आफै चम्किने दाेहाेर्याएका छन् । उनले नेकपा एमाले र माअाेवादी केन्द्र जस्ता वामपन्थीकाे अब काम नभएकाे जिकिर गरे ।

गोरखामा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले भने एमाले र माओवादीले गठबन्धनलाई दाउपेचका रुपमा लिएकाले गठबन्धनमा हटाउन नसकेको दाबी गरे । उनले एमाले–माओवादीले सत्ताका लागि गठबन्धन गरेको बुझेपछि आफू गठबन्धनबाट बाहिरिएको बताए ।

एमाले र माओवादी केन्द्रले सत्तामा पुग्ने दाउपेचका रुपमा मात्र गठबन्धन गरेको थाहा पाएपछि हामी त्यहाँबाट बाहिरियौं’, भट्टराईले भने । सञ्चारकर्मीको एक जिज्ञाशाको जवाफमा उनले नयाँ शक्ति बाम लोकतान्त्रिक पार्टी भएकाले बामपन्थी वा लोकतान्त्रिकमध्ये जो कोहीसँग पनि तालमेल वा सहकार्य गरेर अघि बढ्न सक्ने तर्क गरे ।

भट्टराईले काँग्रेसभन्दा एमाले र माओवादीले बेइमानको राजनीति गरिरहेको आरोप लगाए । उनले काँग्रेसँगको गठबन्धनलाई उदाहरणीयको संज्ञा दिए ।

गोरखाबाट सुरु भएको नयाँ शक्ति र काँग्रेसबीचको गठबन्धन नयाँ प्रयोग भएको टिप्पणी गरे ।