कांग्रेसबाट निर्वाचित हुने वडाध्यक्ष २० पुगे, यस्तो छ सूची - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

कांग्रेसबाट निर्वाचित हुने वडाध्यक्ष २० पुगे, यस्तो छ सूची



स्थानीय तह निर्वाचनको मतपरिणाम आउन सुरू गरेको छ । नेपाली कांग्रेसले हालसम्म २० वटा वडाध्यक्ष जितेको छ । प्राप्त विवरणअनुसार कांग्रेसले मनाङ, मुस्ताङ, नुवाकोटलगायतका जिल्लामा गरी २० वटा वडाध्यक्षमा जितेकाे हो ।

म्यागङ गाउँपालिका- १ मा जिमाबहादुर तामाङ ९४ ल्याएर विजयी भएका छन् ।

चामे गाउँपालिका- २ मा विनोद लामा ७५ मत ल्याएर विजयी भएका छन् । त्यस्तै चामे- ३ मा लोप्साङ लामा ८८ मतका साथ विजयी भएका छन् ।

आशबहादुर थकाली, घरपझोङ गाउँपालिका-१, मनबहादुर हिराचन घरपझोङ गाउँपालिका-२ र पेमा आङग्या गुरुङ लोमन्थाङ गाउँपालिका-१ बाट निर्वाचित भएका छन् ।

त्यस्तै मंगल देव गुरुङ् चामे गाउँपालिका-४, फूर्पा ठेले लामा नारफू गाउँपालिका-१, थुतेन लामा नाशोङ गाउँपालिका-५, पुष्पबहादुर गुरुङ नाशोङ गाउँपालिका-६, ओमबहादुर गुरुङ नाशोङ गाउँपालिका-७, राजु झाँक्री काईके गाउँपालिका-४, नरेन्द्र रोकाया काईके गाउँपालिका-६, टसी छोयल गुरुङ छार्का ताङसोङ गाउँपालिका-२, कार्मा तेन्जिन गुरुङ छार्का ताङसोङ गाउँपालिका-६, विष्णुप्रसाद वोहोरा डोल्पो बुद्ध गाउँपालिका-२, कोन्छोक ग्याल्छेन गुरुङ डोल्पो बुद्ध गाउँपालिका-५, रंगमति शाही खार्पुनाथ गाउँपालिका-४, गोर्ख लामा सिमकोट गाउँपालिका-१, प्रताप लामा सिमकोट गाउँपालिका-४