कांग्रेस र माओवादीबीच झडप हुँदा दुई दर्जन घाइते - Himal Post Himal Post
  • २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
Logo

कांग्रेस र माओवादीबीच झडप हुँदा दुई दर्जन घाइते



सत्ता गठबन्धन भित्रकै दुई डल कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । धादिङको नीलकण्ठ नगरपालिका–६ भोर्लेमा कांग्रेसका कार्यकर्ता र माओवादीका कार्यकर्ताबीच झडप हुदा २० जना भन्दा बढी घाइते भएका छन्।

झडपमा परि नेपाली कांग्रेसका वडा अध्यक्षका उम्मेदवार भुपेन्द्र कुमार श्रेष्ठ गम्भीर घाइते भएका छन्। उन टाउको, दाहिने आँखा, दाँत लगायत शरीरको विभिन्न ठाउँमा चोट लागेको प्रहरीले जनाएको छ। यस्तै झडपमा अन्य दुई दर्जन बढी घाइते भएको प्रहरीको भनाइ छ।

घाइतेहरुको धादिङ अस्पतालमा उपचार भैरहेको छ। नेपाली कांग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता मौन अवधिमा पनि बुधबार राति चुनावी प्रचारप्रसारमा गरिरहेको अवस्थामा झडप भएको स्थानीय बताउँछ। चुनावी प्रचारमा लागेका दुई पार्टीका कार्यकर्ताबीच जम्काभेट हुँदा झडप भएको उनको भनाइ छ।

नेपाली कांग्रेस भने आफ्ना कार्यकर्तालाई माओवादी केन्द्रका कार्यकर्ताले आक्रमण गरेको खबर पाएर जादा उनीहरुले पुनः आक्रमण गरेको बताएका छन्।

झडप भैसकेपछि नेपाली कांग्रेस र माओवादी केन्द्रले एक अर्कालाई दोष दिइरहेका छन्। नेपाली कांग्रेसले माओवादी कार्यकर्तालाई आक्रमण गरेको कारण झगडा शुरु भएको माओवादीका एक कार्यकर्ताले बताए।

धादिङमा नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी विच तालमेल गरिएको छ। नीलकण्ठ नगरपालिकामा मेयर नेपाली कांग्रेस र उपमेयर माओवादी केन्द्रलाई भाग परेको हो। तर दलहरुले नीलकण्ठ नगरपालिकामा वडा नम्बर ६ मा आ–आफ्नै उम्मेदवार उठाएका छन्।