एमाले र कांग्रेसबीच कुरा मिलेन - Himal Post Himal Post
  • १५ बैशाख २०८१, शनिबार
  •      Sat Apr 27 2024
Logo

एमाले र कांग्रेसबीच कुरा मिलेन



पोखरा — एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले र कांग्रेसबीच कुरा नमिलेको संकेत गरेका छन् । उनले गठबन्धन नटुट्ने बताउँदै यस्तो संकेत गरेका हुन् ।

उनले गठबन्धन टुटेमा सबै धुलोपिठो हुने भएकाले गबठन्धन नटुट्ने बताएका छन । ‘गठबन्धन टुट्न पनि हुँदैन’ उनले भने, ‘टुटिहालेमा बिचराहरू धुलोपिठो हुन्छन् ।’

शुक्रबार पोखरामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ओलीले यस्तो बताएका हुन् । यस क्रममा उनले सरकारमा बस्नेहरूले सडकमा आफूलाई ढुंगा हान्न लगाएको पनि दाबी गरे ।

‘एमसीसी ल्याइपाउँ भनेर निवेदन दिने झलनाथ खनाल, तत्काल पारित गरौं भन्ने बाबुराम भट्टराई र कांग्रेसलाई ढुंगा नहान्ने तर आफूमाथि भने प्रहार हुने’ भन्दै उनले प्रश्न गरेका थिए, ‘संसदमा एमसीसी टेबुल गर्ने सभामुखलाई पनि ढुंगा नहानी ताली बजाउँछन् । यो के भइरहेको छ भन्ने हामीलाई थाहा छैन र ?’

यस क्रममा उनले पुतली र मान्छेको कथा हाल्दै उनले पुष्पकमल दाहाललाई पुतली कि मान्छे भनेर छुट्टाउन नसकिएको बताए । जसलाई जतिबेला चाहियो त्यतिबेला फोरेर काम चलाउने जस्तो एमाले पैसा जम्मा गर्ने खुत्रुके नभएको उनले बताए । उनले नेता कार्यकर्तालाई आगामी स्थानीय तहको निर्वाचनमा लाग्न निर्देशन पनि दिएका थिए ।