फेरि महाधिवेशन सार्दै कांग्रेस: आजको बैठकमा छलफल
काठमाडौं– नेपाली कांग्रेसले फेरी महाधिवेशनको समय तालिका परिवर्तन भएको छ । भदौ १६ गतेबाट सुरु गर्नेभनिएको महाधिवेशन फेरी सर्ने देखिएको छ ।
यहि विषयमा छलफल गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आज (बिहीबार) बोलाएको छ । पार्टी केन्द्रीय कार्यालयले यसअघि सूचना जारी गरी सबै केन्द्रीय सदस्यहरुलाई बैठकमा सहभागी हुन आग्रह गरेको थियो।
दिउँसो २ बजे सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने बैठकले महाधिवेशनको समय तालिका परिवर्तन गर्ने बताइएको छ। यसअघि गत शनिबार बसेको पार्टीका पदाधिकारीको बैठकले आसन्न १४औं महाधिवेशनको मिति सार्ने निर्णय गरेको थियो।
आजको बैठकले उक्त निर्णय अनुमोदन गुर्नका साथै अन्य विभिन्न समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ।
यसअघि भदौ ७ देखि १० सम्मका लागि तोकिएको महाधिवेशन अब भदौ १६ गतेबाट सुरु गर्ने निर्णय पदाधिकारी बैठकले गरेको थियो।