मतगणना भैरहेका १३ स्थानीय तहमध्ये ९ वटामा कांग्रेसको अग्रता - Himal Post Himal Post
  • ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
Logo

मतगणना भैरहेका १३ स्थानीय तहमध्ये ९ वटामा कांग्रेसको अग्रता



स्थानीय तह चुनावकाे मतगणना भैरहेको छ । मतगणना भैरहेका १३ स्थानीय तहमध्ये ९ वटा स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ भने ४ वटामा एमालेकाे अग्रता छ ।

गुल्मीको रेसुङ्गा नगरपालिकामा ११ सय ७२ मतका साथ कांग्रेका खिलध्वज पन्थीले अग्रता लिँदा एमालेका राजेन्द्र पाण्डेले ९२२ मत पाएका छन् ।

नुवाकाेटकाे विदुर नगरपालिका कांग्रेसका राजन श्रेष्ठले झिनो मतले अग्रता लिएका छन् भने नुवाकोटको म्यागङमा कांग्रेसकी आसा तामाङले ९३ मतकासाथ अग्रता लिएका छन् भने तार्केश्वरमा शिवअधिकारीले अग्रता कायम गरेका छन् ।

मध्यपुर थिमीमा कांग्रेसका सुन्दर श्रेष्ठले २१७ मत लिएर अग्रता कायम गर्दा लोमाङथाङमा टसि गुरूङले २०२ मत लिएर अग्रता कायम गरेका छन् ।

त्यस्तै गंगालेव गाउँपालिकामा हरीबहादुर पुन, गुल्मीदरबार गाउँपालिकामा सरोजकुमार थापा र दुँहुँ गाउँपालिका दार्चुलामा पुलेन्द्रबहादुर कार्कीले सुरूवाती अग्रता कायम गरेका छन् ।

एमालेले घरपझोङ गाउँपालिका, लो-घोकर दामोदरकुण्ड गाउँपालिका, नाशोङ गाउँपालिका र मनाङ डिसेङ गाउँपालिकामा सुरूवातदेखिको अग्रता कायम गरेको छ ।