'डिजिटल भोटिङ'बाट हुने भो कांग्रेस महाधिवेशन - Himal Post Himal Post
  • १२ असार २०८३, शुक्रबार
  •      Fri Jun 26 2026
Logo

‘डिजिटल भोटिङ’बाट हुने भो कांग्रेस महाधिवेशन



काठमाडौँ – नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा डिजिटल भोटिङमार्फत मतदान हुने भएको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले डिजिटल भोटिङ प्रविधिको विकास गरेको हो । विभागका अनुसार केन्द्र र सातवटै प्रदेशको महाधिवेशनमा डिजिटल भोटिङ हुने छ ।

‘कोरोना महामारी न्यून भएर महाधिवेशन भौतिक रुपमै आयोजना गर्न सकिने आशाका बावजुद विभागले ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधि विकास र सुनिश्चित गरेको छ,’ विभागले जारी विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय समितिले जरुरी ठहर गरेर निर्णय गरेका खण्डमा शुन्यबाट शुरु गर्नु नपर्ने गरि विकास गरिएको प्रविधि तत्काल आवश्यक नपर्दा भविष्यका लागि पार्टीसँग प्रविधिको सम्पत्ति र सक्षमता सुरक्षित हुने विश्वास विभागले लिएको छ । ७७ जिल्ला पार्टी कार्यालयमा उपस्थित भएर प्रदेश अधिवेशन र महाधिवेशनका प्रतिनिधिले मतदान गर्न सक्ने व्यवस्था गरिएको प्रविधि मार्फत १४ औं महाधिवेशनमै केन्द्र र ७ प्रदेशको निर्वाचन सम्बन्धि सबै प्रक्रिया सम्पन्न गर्न सकिने क्षमता भएको छ ।’