कम्पनी रजिष्ट्रारमा जुवाकाे अखडा, १० जना पक्राउ - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

कम्पनी रजिष्ट्रारमा जुवाकाे अखडा, १० जना पक्राउ



प्रहरीले कम्पनी रजिष्ट्रारको कार्यालयभित्र जुवा खेलिरहेका १० जनालाई रंगेहात पक्रेको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीले बुधवार कार्यालय समयमै कम्पनी रजिष्ट्रारको परिसरको एउटा कोठामा जुवा खेलिरहेका १० जनालाई पक्रेको हो।

प्रहरीले त्रिपुरेश्वरस्थित कार्यालयको १ बुक तास प्रयोग गरी जुवा खेली खेलाई हेरिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा अधिकांश सवारी चालक रहेका छन्।

वृत्तका डिएसपी प्रदिपकुमार क्षेत्रीले पक्राउ परेका १० जनाबाट सवा लाख भन्दा बढी रकम बरामद भएको बताए। उनका अनुसार पक्राउ परेका अधिकांश सोही कार्यालयका कर्मचारी हुन्। प्रहरीले कार्यालयबाट धर्मराज मगर, चित्र बहादुर मगर, रबिन्द्र थापा, रेवती कुमार कार्की, प्रदिप कार्की, सन्तोष थापा, कृष्ण तामाङ ,राजु मगर, सुनिल कार्की र हरि बहादुर सिंहलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएको छ।

फाइल तस्बिर