कम्युनिष्ट बाहेक अरु सबै भ्रष्टाचारमा लिप्त छन् :नेता नेपाल - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

कम्युनिष्ट बाहेक अरु सबै भ्रष्टाचारमा लिप्त छन् :नेता नेपाल



काठमाडौं: नेपाल कम्युनिष्ट पार्टीका नेता माधव कुमार नेपालले कम्युनिष्ट पार्टीले मात्रै देश समाज र जनात लाई समृद्ध बनाउन सक्ने दाबी गरेका छन्।सोमबार धनुषाको बरमझियामा आयोजित शहीद रामवृक्ष यादवको २५ औं पुण्यतिथिको अवसरमा बोल्दै नेता नेपालले कम्युनिष्ट बाहेक अरु पार्टी भ्रष्टाचारमा मात्रै लिप्त रहेको बताएका हुन्।‘कार्यक्रममा नेपालले भने,‘कम्युनिष्ट बाहेक अरु कुनै पार्टी अरु छैन जसले देश ,समाजका र जनताको लागी काम गर्न सक्छ ।

नेता नेपालले भने,‘अन्य पार्टीका नेताहरू कुर्सीमा पुग्ने बित्तिकै सरकारी रकम कुम्ल्याउन सुरू गर्छन् तर कम्युनिष्ट पार्टी नै यस्तो पार्टी हो जो जनताको भावना अनुसार अगाडि बढ्ने गर्दछ, के अरु दलकानेताहरू जनताको सेवक बनेर काम गर्ने गर्दछन्।’लामो संघर्षपछि दुइटा पार्टी एक भएको बताउँदै नेता नेपालले पार्टीलाई अहिले मजबूत बनाउनुपर्ने आवश्यकता रहेको बताए।