अष्ट्रेलियाको सिड्नीमा हुनेभो 'कमेडी च्याम्पियन' - Himal Post Himal Post
  • ३० माघ २०८२, बिहीबार
  •      Thu Feb 12 2026
Logo

अष्ट्रेलियाको सिड्नीमा हुनेभो ‘कमेडी च्याम्पियन’



काठमाडौं- नेपालको पहिलो कमेडी शो ‘कमेडी च्याम्पियन’को लोकप्रियता ब्यापक बढेको छ ।

यो शो अष्ट्रेलियाको सिड्नीमा पनि हुने भएको छ । सिड्नीमा रहेको लिडकम वाईट पार्कमा आगामी अप्रिल ११ तारिखका दिन ‘कमेडी च्याम्पियन’ हुने भएको हो।

ह्याप्पी ईन्टर्टेन्मेन्टको आयोजनामा कान्तिपुर टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘कमेडी च्यम्पियन’ शो मा टप तीनसहित नेपालका चर्चित कमेडियन तथा कार्यक्रमका जज मनोज गजुरेल सहितको हाँस्यव्यङ्ग्य प्रस्तुती हुने भएको हो ।

उक्त कार्यक्रममा कमेडीका अलवा विभिन्न कल्चरल नृत्य बाल नृत्य स्थानीय कमेडियनको प्रस्तुती स्थानीय कलाकारहरु को आकर्षक प्रस्तुति बिभिन्न बिधा का गायक तथा गायिका को प्रस्तुति साथै साझ लाईभ ब्याण्डको प्रस्तुती रहनेछ।

कार्यक्रम स्थलमा नेपाली परिकारका स्टल नेपाली उत्पादनका स्टल, शैक्षिक परामर्श दाता तथा विभिन्न कलेजका स्टल रहनेछन् ।

नेपाली समुदायका सबै वर्ग, विद्यार्थी पिआरको दौडमा कलेजको खोजिमा, घर जग्गाको खरिद बिक्री खोजिमा लागेकाका लागि सबै सूचना र उचित सल्लाह सुझाब एकै ठाउँबाट लिन मिल्ने व्यवस्था मिलाईएको आयोजक कम्पनीका डाईरेक्टर उद्धव पोख्रेलले बताए।