मासीक २ सय मुद्दा फर्छर्यौट गर्ने तयारी - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

मासीक २ सय मुद्दा फर्छर्यौट गर्ने तयारी



पूजा पन्थी
बुटवल । उच्च अदालत तुलसीपुर बुटवल इजलासले मासीक २ सय वटा मुद्दा फर्छर्यौट गर्नै तयारीमा लागेको छ ।

चालु आर्थिक वर्ष २०७४÷०७५ मा मासीक न्युनतम २ सय मुद्दा फर्छर्यौटको योजना रहेको ईजलासका उप राजिष्टार नेत्र प्रसाल भुषाले जानकारी दिए ।
चालु आर्थिक वर्षको पौष मसान्त सम्म परेका १ हजार ५ सय ४५ मुद्दामा यो वर्ष ५ सय ४३ मुद्दा फर्छर्यौट भएको भुषालले जानकारी दिए।

वार्षिक रुपमा फर्छर्यौट दर बढाउनको लागी ईजलासमा सबै दरबन्दीमा १२ जना न्यायाधिस रहेको यसले प्रभावकारी हुने भुषालले जानकारी दिए । अघिल्ला वर्षहरुमा दरबन्दी अनुसार न्यायाधिस नहुँदा मुद्दा बढि हुँदा फर्छर्योट कम भएकोमा यो वर्ष फर्छर्यौट दर १० प्रतिशत सम्म परिवर्तन हुने अपेक्षा गरेको भुषालले जानकारी दिए ।

चालु आर्थिकवर्षमा जग्गा, अंश, लेनदेन, लिखित बदर लगायतका मुद्दाहरु बढि रहेको ईजलासले जानकारी दिएको छ । ईजलासका शाखा अधिकृत ख्याम नारायण लामिछानेले दिएको जानकारी अनुसार यो वर्षमा ६ सय ४४ मुद्दा बाँकी रहेका छन् भने सरकारी तर्फ कर्तब्य ज्यान मुद्वा तथा लागुऔषधका मुद्वा ५ सय ६४ वटा रहेका छन् ।

आर्थिक वर्ष २०७२÷०७३ मा ६१.६० रहेको फर्छर्यौट दर बढेर आर्थिक २०७३÷०७४मा ८९.७० प्रतिशत मा पुगेको हो । आब २०७२÷०७३मा कुल २ हजार ५ सय ७३ मुद्वा परेकोमा मा १ हजार ५ सय ८५ वटा मुद्वा फर्छर्यौट भएका थिए भने आब २०७३÷०७४ मा परेका कुल ३ हजार ७ मुद्वा मध्य २ हजार ९६ मुद्वा बदर भएका थिए ।

सोही वर्षमा १ सय ७७ वटा मुद्दा मेलपिलाप केन्द्रमा पठाईएकोमा २५ वटा मुद्दा मेलमिलाप भएका थिए ।