सपथ लिएलगत्तै सीके राउतले तीन मन्त्रालयलाई पत्र लेखेर दिए दवाव - Himal Post Himal Post
  • ६ फाल्गुन २०८२, बुधबार
  •      Wed Feb 18 2026
Logo

सपथ लिएलगत्तै सीके राउतले तीन मन्त्रालयलाई पत्र लेखेर दिए दवाव



जनमत पार्टीका अध्यक्ष तथा नवनिर्वाचित सांसद डा. सीके राउतले बिहीबार सपथ लिएलगत्तै विभिन्न मन्त्रालयलाई दवाव दिएका छन् । उनले संघीय सरकारका तीनवटा मन्त्रालयलाई पत्र लेखेरै दवाव दिएका हुन् ।

उनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई पत्र लेखेर सप्तरीको सगरमाथा अस्पतालको सुधारको माग गरेका छन् । यस्तै पर्यटन, नागरिक उड्डयन मन्त्रालयका सचिवलाई पत्र लेखेर डा. राउतले राजविराजमा हवाई उडान बढाउन र नियमित गर्न माग गरेका छन् ।

उनले कृषि मलको व्यवस्थाका लागि कृषि मन्त्रालयका सचिवलाई पत्र लेखेका छन् । यस्तै उद्योग तथा वाणिज्य मन्त्रालयलाई पत्र लेखेर गजेन्द्रनारायण औद्योगिक क्षेत्र सञ्चालनको माग गरेका छन् ।

डा. राउतले पाँचवटा विषयमा विभिन्न मन्त्रालयलाई आफूले पत्र लेखेको जानकारी दिएका छन् । सप्तरी २ बाट निर्वाचित सांसद राउतले बिहीबारै पद तथा गोपनीयताको शपथ लिएका थिए ।