सीके राउतलाई पनि ओलीले फोन गरेर बोलाए बालकोट - Himal Post Himal Post
  • २७ पुष २०८१, शनिबार
  •      Sat Jan 11 2025
Logo

सीके राउतलाई पनि ओलीले फोन गरेर बोलाए बालकोट



काठमाडौं- नयाँ गठबन्धनको तयारी भइरहेका बेला जनमत पार्टीका अध्यक्ष सीके राउतलाई पनि बलकोटमा बोलाइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनलाई फोन गरेर बालकोट बोलाएका हुन् ।

अहिले राउत पनि बालकोट वार्तामा पुगेका छन् । एमाले, माओवादी र रास्वपाका नेताहरुबीच छलफल चलिरहेका बेला राउतलाई पनि बोलाइएको हो ।

राउतले आफ्नो पार्टी सरकारमा जान तयार रहेको बताउँदै आएका छन् । यसअघि सत्ता गठबन्धनसँग मिसिन तयार भएका राउत प्रचण्डले गठबन्धन छाडेपछि बालकोटतिर लागेका हुन् ।