सिके राउतका अराजक कार्यकर्ताको आक्रमणबाट डाक्टर घाइते - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

सिके राउतका अराजक कार्यकर्ताको आक्रमणबाट डाक्टर घाइते



जनकपुर । डा. सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरमा एकजना डाक्टरमाथि आक्रमण गरेका छन् ।

बुधबार राष्ट्रियसभाको निर्वाचन भइरहँदा जनकपुरधामस्थित पिडारी चोकमा जलेश्वर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सतिश साहमाथि आक्रमण भएको हो ।

जनकपुरबाट कामको सिलसिलामा बर्दिबासतर्फ जाने क्रममा लाठी र भाटासहित प्रदर्शनमा उत्रिएका जनमतका कार्यकर्ताले साहमाथि आक्रमण गरेका थिए । जनमतका कार्यकर्ताको आक्रमणबाट डा. साहको टाउकोमा आठवटा टाँका लगाउनुपरेको छ ।

जनमतका कार्यकर्ताले उनी सवार सरकारी गाडीमा पनि तोडफोड गरेर क्षति पु¥याएका छन् । जनमत कार्यकर्ताले यसअघि सर्लाहीको हरिवनका मेयर–उपमेयर सवार गाडी र प्रदेश सांसद अशोक यादव सवार गाडीमा पनि आक्रमण गरेका थिए ।