सिनेमा घरमा आजबाट ‘चङ्गा’ र ‘मट्टिमाला’ - Himal Post Himal Post
  • २१ असार २०८३, आईतवार
  •      Sun Jul 5 2026
Logo

सिनेमा घरमा आजबाट ‘चङ्गा’ र ‘मट्टिमाला’



आज शुक्रबार नेपाली सिनेमा घरमा २ नेपाली फिल्म प्रदर्शनमा आएका छन् । ‘चङ्गा’ र ‘मट्टिमाला’ फ्राईडे रिलिज अन्तर्गत प्रदर्शनमा आएका हुन् । यी दुबै फिल्ममा कलाकार वुद्दि तामाङ मुख्य भूमिकामा छन् ।फिल्म ‘चङ्गा’ लाई हास्यकलाकार किशोर भण्डारी (डिट्ठा साब) ले निर्देशन गरेका हुन् । फिल्ममा वुद्दिका अलावा अंकित खड्का, लक्ष्मी वर्देवा, कमलमणी नेपाल, राजन खतिवडा, जीवन भट्टराई लगायतका कलाकारहरुको अभिनय छ ।

हाँस्य जनराको फिल्मले पारिवारिक तथा सामाजिक कथा बोल्छ । फिल्मको कथा निर्देशक आफैंले लेखेका हुन् । ‘चङ्गा’ लाई प्रतिकात्मक रुपमा देखाउन खोजिएको फिल्ममा पैसाको समस्यापछि एक ग्रामिण भेगको युवकको जीवनमा आउने उतार चढावलाई जोडिएको छ । रविन आचार्यले खिचेको फिल्ममा राजनराज शिवाकोटी र कमल खत्रीको संगीत छ । कार्यकारी निर्माता प्रकु पाण्डे रहेको फिल्मकी निर्मात्री रेश्मा तिमल्सिना हुन् ।

‘मट्टिमाला’ लाई टेक पौरखी राईले निर्देशन गरेका हुन् । यसमा वुद्दिका अलावा रजनी गुरुङ (मङ्गली), चिरन राई, पृथ्वि राईलगायतका कलाकारहरुको अभिनय छ । निर्माताको रुपमा पृथ्वि राई नै छन् ।चलचित्रमा क्यामेरा राहुल राई, सम्पादन अनिल कुमार महर्जन, संगीत सुमन राई, गितकार जानू काङ्बाङ लिम्बू, रोशन भट्टराई, साङ्गे ब्लोन तामाङ गायक सुन्दर लामा, सुमन राई, अनन्द राई, चन्द्र लामा, गायिका बबिना किराँती, अमृता लिम्बु छन् ।