छुरा प्रहार गरी इटहरीको एक मनी ट्रान्सफर लुटपाट - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

छुरा प्रहार गरी इटहरीको एक मनी ट्रान्सफर लुटपाट



सुनसरी । इटहरीको मुख्य चौकमा रहेको एक्टिभ मनी ट्रान्सफरमा लुटपाट भएको छ । दुई जनाको समूह आएमा लुटेरा समूहले मनी ट्रान्सफर सञ्चालकलाई छुरा प्रहार गरी लुटपाट गरेर फरार भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक बुद्धीराम चौलागाईंले जानकारी दिए। इटहरी ९ मा रहेको मनिट्रान्सफर मास्क लगाएर आएका लुटेरा समूहको छुरा प्रहारबाट सञ्चालक सबिन दाहाल गम्भीर घाइते भएका छन्।

लुटपाट गर्नुअघि लुटेरा समूह र सञ्चालक दाहालबीच केही समय घम्साघम्सीसमेत भएको थियो। मनी ट्रान्सफरसँगै रहेको मेघा डेण्टलका कर्मचारीहरूले सञ्चालक दाहाललाई इटहरीस्थित सामुदायिक अस्पताल पुर्‍याएका थिए।

लुटेरा समूहले के कति रकम लुटपाट गरे भन्ने खुल्न नसकेको मनी ट्रान्सफरका अर्का सञ्चालक चित्रबहादुर बस्नेतले बताए। छुरा प्रहारबाट गम्भीर घाइते भएका दाहाल बस्नेतका ज्वाइँ हुन्।

घाइते दाहालको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय इटहरीले घटनाको अनुसन्धान शुरु गरेको बताएको छ। – थाहाखबर / सांकेतिक तस्वीर :