तिनै जना चुनाव 'हरुवा'लाई देउवाले बनाए पदाधिकारी ! - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

तिनै जना चुनाव ‘हरुवा’लाई देउवाले बनाए पदाधिकारी !



काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चरम विवादका बीच पदाधिकारी मनोनयन गरेका छन् ।

कांग्रेसको उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा पूर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशशरण महत मनोनित भएका छन् ।

पदाधिकारी मनोनित तीनै जना नेता प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका हुन् । तिब्र आलोचनाका बीच देउवाले एकलौटी गरेरै मनोनयन गरेका छन् । युवाहरुको छुट्टै समूह बनाएर दवाव पनि दिईरहेका छन् ।

चुनावमा हारको कारण देखि पार्टी बिगार्ने सम्मको कारण बनेका देउवाले अझै पनि पार्टी भित्र मनोमानी गरिरहेका छन् भने अन्य नेता टुलुटुलु हेरेर बसेका छन् ।