चुनावपछि मेरो नेतृत्वमा कम्युनिष्ट एकता हुन्छ- प्रचण्ड - Himal Post Himal Post
  • २९ जेष्ठ २०८३, शुक्रबार
  •      Fri Jun 12 2026
Logo

चुनावपछि मेरो नेतृत्वमा कम्युनिष्ट एकता हुन्छ- प्रचण्ड



काठमाडौं- नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेरि आफ्नै नेतृत्वमा कम्युनिष्ट एकता हुने बताएका छन्।

कैलालीको मसुरियामा बिहीबार आयोजित एउटा सभालाई सम्बोधन गर्दै उनले यो चुनावबाट नेकपा एमालेलाई पराजित गरेर कम्युनिष्ट एकता हुने बताए।

‘यो गठबन्धनबाट माओवादी एक नम्बरको कम्युनिष्ट पार्टी बन्छ र फेरि माओवादीकै नेतृत्वमा वाम एकता हुन्छ’ उनले भने ‘त्यसको नेतृत्व माओवादीले गर्छ, प्रचण्डले गर्नेछ।’

उनले त्यसका लागि ओलीजस्ता अहंकारीलाई यो निर्वाचनबाट पराजित गर्नका लागि गठबन्धन गरेर जानु परेको पनि बताए।