चुनाव हुनेमा कुनै शङ्का छैन : ओली - Himal Post Himal Post
  • ३० जेष्ठ २०८३, शनिबार
  •      Sat Jun 13 2026
Logo

चुनाव हुनेमा कुनै शङ्का छैन : ओली



हिमाल पोष्ट/ काठमाडौँ, ३ मङ्सिर । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नगर्न आग्रह गर्नुभएको छ ।

एमाले काठमाडाँै जिल्ला सङ्गठन कमिटीले यहाँ आज नेपाल संवत् ११३७ का अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सङ्क्रमणकाल टुङ्याउनका लागि चुनाव अपरिहार्य भएको बताउँदै चुनाव हुनेमा कुनै शङ्का नगर्न आग्रह गर्नुभयो ।

“अहिले भइरहेका षड्यन्त्र असफल बनाएर एमालेले चुनाव गराउँछ”– उहाँले भन्नुभयो, “चुनाव हुन्छ, यसमा कुनै शङ्का छैन ।” पूर्वप्रधानमन्त्री समेत रहनुभएका ओलीले देश अगाडि बढ्न कसैले पनि रोक्न नसक्ने भन्दै विकासका लागि देश अगाडि बढिसकेको बताउनुभयो ।

उहाँले राष्ट्रिय एकता र देशको हितका पक्षमा काम गर्ने पार्टी एमाले भएको धारणा राख्नुभयो ।
कार्यक्रममा सांसद रामवीर मानन्धर, कमिटीका अध्यक्ष कृष्ण राईले नेपाल संवत्को शुभकामना दिँदै चुनाव केन्द्रित अभियानमा लाग्नुपर्ने बताउनुभयो । सो अवसरमा सांस्कृतिक कार्यक्रमसमेत गरिएको थियो । रासस