देउवाले भने- सिटौलाले प्रचण्डलाई फकाउन नसक्दा चुनाव हारियो - Himal Post Himal Post
  • २१ बैशाख २०८१, शुक्रबार
  •      Fri May 3 2024
Logo

देउवाले भने- सिटौलाले प्रचण्डलाई फकाउन नसक्दा चुनाव हारियो



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेता कृष्णप्रसाद सिटौलालाई प्रचण्डसँग वार्ता मिलाउन नसकेको सम्झना गरेका छन् । प्रचण्डसँग वार्ता मिलाएर आउनुस् भनेर पठाउँदा पनि सिटौलाले वार्ता मिलाउन नसकेकोले चुनाव हारेको बताएका छन् ।

मञ्चमै रहेका नेता कृष्णप्रसाद सिटौलालाई सभापति देउवाले पुष्पकमल दाहाललाई मिलाउनका लागि निर्वाचनका बेला वार्ताका पठाएको तर मिलाउन नसकेको पनि स्मरण गराए । उनले आफूलाई मात्रै आरोप लगाएर पार्टीका नेताहरुले गैर प्रजातान्त्रिक गतिविधि गरिरहेको आरोप पनि पनि लगाए ।

शुक्रबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको ११ औं राष्ट्रिय महाधिवेशनमा बोल्दै सभापति देउवाले निर्वाचनमा पार्टीलाई हराउने अन्तरघातीहरुलाई कारबाही गर्न समेत आफूले पार्टीका नेताहरुबाट सहयोग नपाएको गुनासो पनि पनि गरे । दुई कम्युनिष्ट पार्टी मिल्दा पार्टीले हारेको दोहो¥याउँदै सभापति देउवाले सो हारको दोषी आफुलाई मात्रै लाउने गरेकोमा आपत्ति पनि जनाएका छन् ।

साथै उनले पार्टीलाई निर्वाचनमा हराउनेहरु आफूविरुद्ध उभिएको दाबी गरे । पार्टीलाई हराउनेहरु पार्टी भित्र बलशाली भएकाले पार्टी संकटमा फसेको सभापति देउवाको तर्क छ । उनले आफूमाथि आरोप लगाउन छोडेर आगामी निर्वाचनमा पार्टीलाई जिताउने गरी काममा जुट्न पनि पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिए ।

कार्यक्रममा बोल्दै कांग्रेस नेता सिटौलाले पार्टीलाई आन्तरिक कलहबाट मुक्त गराउन सभापति देउवासँग माग गरे । उनले पार्टी कमजोर हुनुको जिम्मेवारी पार्टी नेतृत्वलेनै लिनुपर्ने पनि बताए। नेता सिटौलाले पार्टी भित्र गुट हुनु स्वभाविकै भए पनि कलह चाँही हुनै नहुने पनि स्पष्ट पारेका थिए ।