‘पण्डित बाजेको लौरी’ को आइटम गीत सार्वजनिक - Himal Post Himal Post
  • १६ बैशाख २०८१, आईतवार
  •      Sun Apr 28 2024
Logo

‘पण्डित बाजेको लौरी’ को आइटम गीत सार्वजनिक



फिल्म ‘पण्डित बाजेको लौरी’ को ‘चोली तुना’ बोलको गीत सार्वजनिक गरिएको हो । बम मल्लको संगीत र कृष्ण केसीको शब्द रहेको गीतमा मिना निरौला र श्रीकृष्ण बम मल्लकै स्वर छ । विक्रम स्वारको कोरियोग्राफी गरेको भिडियो यस्तो बनेको छ :

गीतको भिडियोमा नायिका सन्ध्या केसी र कलाकार प्रमोद अग्रहरीले नृत्य प्रस्तुत गरेका छन् । साथमा मरिस्का पोखरेल, प्रविण खतिवडा, भोलाराज सापकोटा लगायतले पनि गीतमा नृत्य प्रस्तुत गरेका छन् ।

दीपक वलीको निर्देशनमा बनेको पण्डित बाजेको लौरी मा महेश दवाडीको कथा, पटकथा तथा संवाद छ ।
साउनको ४ गतेबाट प्रदर्शनमा आउने पण्डित बाजेको लौरीले बाहुन प्रथा विरुद्ध व्यङ्ग्य हानेको छ ।