सर्वोच्च जानै लाग्दा घरमै थुनिए चोलेंद्र - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

सर्वोच्च जानै लाग्दा घरमै थुनिए चोलेंद्र



काठमाडौं : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च फर्किनै लाग्दा सरकारले गेटमा तालाबन्दी गरिदिएको छ।

उनले आफू अदालत जान तयार भइसकेपछि सरकारले गेटमा तालाबन्दी गरिदिएको बताएका हुन्।

उनले आफ्नो निवासको गेटमा सरकारले तालाबन्दी गरेपछि आफू अहिले निवासमै रहेको जनाकारी दिए। बालुवाटार निवासमा प्रहरीको बाक्लो उपस्थित रहेको छ।

यस्तै सर्वोच्च प्रशासनले पनि प्रहरीलाई निलम्बन फुकुवाको पत्र नपाएसम्म अदालतमा छिर्न नदिनु भन्ने निर्देशन प्रहरीलाई दिएको जनाएको छ।

नेपाल बार एशोसिएशनको आकस्मिक बैठकले पनि जबरालाई सर्वोच्च छिर्न नदिने र गेटमै धर्ना बस्ने निर्णय गरेको छ।