चोलेन्द्र भन्छन् - पाँच न्यायाधीशमाथि पनि महाभियोग लगाउनुपर्छ - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

चोलेन्द्र भन्छन् – पाँच न्यायाधीशमाथि पनि महाभियोग लगाउनुपर्छ



निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूमाथि लगाइएको महाभियोगप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

बुधबार महाभियोगबारे बयान दिन महाभियोग सिफारिस समितिमा उपस्थित भएका जबराले एमाले ल्याउनुपर्ने महाभियोग प्रस्ताव गठबन्धनले ल्याएको भन्दै प्रतिप्रश्न गरे।

उनले भने,’ एमालेबाट महाभियोग प्रस्ताव आउनुपर्थ्यो, गठबन्धनबाट आयो।’

उनले आफूलाई मात्रै नभएर सर्वोच्च अदालतमा बहालवाला अन्य पाँच न्यायाधीशमाथि पनि महाभियोग लगाउनुपर्ने बताए।