चोलेन्द्रको मानसिक स्वास्थ्यबारे संसदमै उठ्यो प्रश्न - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

चोलेन्द्रको मानसिक स्वास्थ्यबारे संसदमै उठ्यो प्रश्न



काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद गजेन्द्र महतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको मानसिक स्वास्थ्य जाँच गर्न माग गरेका छन्।

महाभियोग सिफारिस समितिले राणाको बयान लिइरहेको छ। यसअघि तीन दिनसम्म लिइएको बयान अब २५ गते लिँइदैछ। मंगलबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै महतले राणाले बयानका क्रममा शपथ खाँदाको अवस्थालाई बेवास्ता गरेको आरोप लगाए।

‘न्यायलयका बोझ सावित भइसकेका व्यक्ति चोलेन्द्रले महाभियोगमाथि बयान दिँदै गर्दा पद र गोपनियताको शपथ खाँदाको अवस्थालाई बेवास्ता गर्दै पूर्वाग्रही ढंगबाट भनौँ वा आवेगमा आएर भनौँ वा स्मरण शक्ति गुमाएर, मर्यादाविपरीत गैरजिम्मेवार ढंगबाट विषय र प्रसंगभन्दा बाहिर गएर चरित्र हत्या गर्ने, गाली गलौज गर्ने, कसैको जयजयकार गर्ने गर्ने गरेको’ महतको भनाइ थियो।

महतले महाभियोगको ऐन २०५९ को दफा ७ र ८ मा यस्ता हर्कत गर्नेमाथि विशेषज्ञ चिकित्सकबाट मानसिक स्वास्थ्य जाँच गर्न सकिने प्रष्ट उल्लेख भएको बताए।