अर्को झमेलामा फसे चोलेन्द्र- अधिवक्ताले नै उनीविरुद्ध मुद्दा हाल्ने तयारी - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

अर्को झमेलामा फसे चोलेन्द्र- अधिवक्ताले नै उनीविरुद्ध मुद्दा हाल्ने तयारी



काठमाडौं- अधिवक्ता ओमप्रकाश अर्यालले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध न्यायिक बाटो रोज्ने बताएका छन् ।

बिहीबार महाभियोग सिफारिस समितिको बैठकमा बयान दिने क्रममा अभिवक्ता अर्यालले जबराबाट आफ्नो बदनाम भएकाले कानुनी उपचारको बाटो खुला गर्न समितिलाई आग्रह गरे ।

“कानुनी उपचारको बाटो खुला गरियोस् । भोलि यो संसदीय समितिको क्षेत्र हो भन्ने नहोस् । हामीले व्यक्तिगत रूपमा न्यायिक उपचार महाभियुक्तले यो स्तरको बयान दिनुले नै निच स्तरको भन्ने ठहर हुन्छ,” उनले भने ।

जबराले आफ्नो सफाइभन्दा पनि अरूको बदनाम गर्नमा समय खर्चिएको उनको आरोप ।

बयानका क्रममा जबराले ओमप्रकाश अर्यालले श्रीमती पुनदेवी महर्जनलाई न्यायाधीश बनाउन आफ्नो विरोध गरेको बताएका थिए । त्यसले आफ्नो मानहानी भएको पुनदेवीको गुनासो पनि उनले सुनाएका थिए ।

जवाफमा अर्यालले जबराले पटकथा रचेको बताए ।

“पुनदेवी महर्जन स्वतन्त्र पेशामा हुनुहुन्छ । उहाँ चोलेन्द्रले भनेजस्तै कहिल्यै पनि चण्डेश्वर श्रेष्ठको ल फर्ममा काम गर्नुभएको छैन । एउटा पत्रिकाले बार आन्दोलनका क्रममा रचेको पटकथा चोलेन्द्र श्रीमानले दोहोर्‍याउनुभएको रहेछ ।

चोलेन्द्रले नियुक्त गरेका एक न्यायाधीशले गलत सूचना दिएका रहेछन् । त्यसबेला मैले कानुनी उपचार नखोज्दा चोलेन्द्र श्रीमानले त्यही पटकथा दोहोर्‍याउनुभयो,” उनले भने ।