बयान दिन गएका चोलेन्द्रले गालीगलोज गरेपछि…
संसदको महाभियोग अध्ययन तथा सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बयान लिइरहेको छ । आइतबार बयानका क्रममा राणाले गालीगलोज ठहर हुने शब्द प्रयोग गरेर लाञ्छाना लगाएका छन् ।
समितिका सदस्य सांसद मीन विश्वकर्माका अनुसार राणाले पूर्वप्रधानन्यायाधीश्, न्यायाधीशहरू र वरिष्ठ वकिलहरूमाथि गालीगलोज ठहर हुने शब्द प्रयोग गरेर लाञ्छाना लगाएका छन् ।
समितिले आइतबार राणालाई सर्वोच्च अदालतको भवन ठेक्का सदर गरेको विषय पनि प्रश्न गरेको र सो विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्रीले सहयोग गरेको बताएको विश्वकर्माले जानकारी दिए ।