चोलेन्द्रलाई राष्ट्रपति भण्डारीको साथ, दिइन् प्रधानन्यायाधीशकै हैसियत - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

चोलेन्द्रलाई राष्ट्रपति भण्डारीको साथ, दिइन् प्रधानन्यायाधीशकै हैसियत



काठमाडौँ- निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सरकारले अदालत जान नदिएको बेला राष्ट्रपति विद्यादेवी भण्डारीले भने प्रधानन्यायाधीशकै हैसियतमा डाकेकी छन् ।

नागरिकता विधेयकले राष्ट्रपति र सरकारबीच तनाब नढिरहेका बेला प्रधानन्यायाधीशको विशयमा पनि मतभेद देखिएको छ । चोलेन्द्रको हैसियतलाई लिएर प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच फरक मत देखिएपछि थप तनाबको अवस्था देखिएको छ ।

प्रधानमन्त्री देउवाले चोलेन्द्रशमशेर राणा निलम्बित अवस्थामै रहेको भन्दै उनलाई सर्वोच्च अदालत जान रोक लगाएका छन् भने यता राष्ट्रपति भण्डारीले भने प्रधानन्यायाधीशकै हैसियतमा निम्ता दिएकी छन् ।

संविधान दिवसको कार्यक्रममा राष्ट्रपति भण्डारीले सोमबार शीतल निवासस्थित राष्ट्रपति भवनमा आयोजना हुने कार्यक्रममा राणालाई प्रधानन्यायाधीशका हैसियतमा निम्ता गरेकी हुन्।

राणामाथिको महाअभियोग सिफारिस संसद्को कार्यकाल सकिएका कारण अलपत्र परेका बेला राष्ट्रपति भण्डारीले संविधान दिवसको कार्यक्रममा राणालाई प्रधान न्यायाधीशकै हैसियतमा निमन्त्रणा पठाएकी हुन्।

उता सरकारले भने राणाका सबै सरकारी सुविधासहित सुरक्षाकर्मी फिर्ता गरिसकेको छ।