जबराको बयान- महाभियोग निष्क्रिय भइसक्यो, बयानको अर्थ छैन
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भइसकेको बताएका छन् । महाभियोग निष्क्रिय भइसकेकाले यो बयानको काम नभएको बताए ।
प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बयान दिन उपस्थित भएका जबराले यो समितिले आफूलाई न्याय दिनुपर्ने तर्क गरेका थिए ।
उनले दिएको बयान अनिसार आफूलाई कमजोर बनाएर न्यायपालिकालाई कमजोर बनाउन खोजिएको बताए ।
उनले आफू विधि र पद्धतिबाट आएको भन्दै पार्टीको दबाबमा, मिडियाको दबाबमा काम नगर्ने पनि बयानमा बताएका छन् ।
बुधबार महाभियोग सिफारिस समितिमा जबराले आफूविरुद्धको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेकाले यो बयानको पनि अर्थ नभएको बताए ।
उनले भनेका छन् , ‘महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ । म संसद्को सम्मानको लागि नागरिकका हिसाबले आएको हुँ । यो प्रस्ताव संविधान र नियमावली संसद्ले पारित गरेन,’ उनले भने, ‘मैले यहाँबाट न्याय पाउनुपर्छ ।’
आफूपछिका न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउन चालिएका कदमले अदालतमा गुटबन्दी भएको बताए । कार्कीलाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव आफूकहाँ आएको दाबी गर्दै उनले यस्तो बताए ।
उनले प्रस्ताव आएक्ल तर त्यसलाई आफूले अस्वीकार गरेको बताए । त्यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको जबराको भनाइ थियो ।
‘प्रधानन्यायाधीशलाई कमजोर बनाएर न्याय पालिकालाई कमजोर बनाउन खोजिएको छ । म विधि र पद्धतिबाट आएको हुँ,’ उनले भने, ‘पार्टीको दबाबमा, मिडियाको दबाबमा काम गर्दिनँ ।’