छिया–छिया भएको जनताको सपना पूरा गर्न पार्टी एकता : प्रचण्ड - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

छिया–छिया भएको जनताको सपना पूरा गर्न पार्टी एकता : प्रचण्ड



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिया-छिया भएको नेपाली जनताको सपना पूरा गर्न एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न लागिएको बताएका छन् ।

सोमबार  धनुकुटामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले विगत ७० वर्षदेखि नेपाली जनताको सपना छिया- छिया भएको बताउँदै आफूहरूले सपना पूरा गर्ने सकल्पसहित पार्टी एकता गर्न लागेको बताएका हुन् । उनले भने, “विगत ७० वर्षदेखि नेपाली जनताको आशा, आकांक्षा र सपना पूरा भएका छैनन् ।  २०१९ सालदेखि कम्युनिष्ट आन्दोलन छिया-छिया भएको होइन, जनताको मन छिया–छिया भएको हो । उनीहरूको सपना छिया-छिया भएको छ, छिया-छिया भएको नेपाली जनताको सपना पूरा गर्न हामीले पार्टी एकता गर्न लागेका हौं ।”

उनले बैशाख ९ गते एकीकृत पार्टीको घोषणा गर्नेगरी तयारी भइरहेको पनि बताए । “हामीले बैशाख ९ गते विशाल जनसमुदायको अगाडि पार्टी घोषणा गर्ने तयारी गरिहेका छौं, “अध्यक्ष दाहालले अगाडि भने, “हाम्रो हातमा अहिले प्रारम्भिक विधान तथा राजनीतिक प्रतिवेदन छ । भोलि बिहान पार्टी एकता संयोजन समितिको बैठक बसेर अन्तिम रूप दिन्छ ।”

पूर्वप्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष दाहालले  मुलुक सुसासन र समृघद्धिको नयाँ युगमा प्रवेश गरेको बताउँदै सबैले आफ्नो-आफ्नो ठाउँबाट देश बनाउने अभियानमा लाग्नुपर्ने जिकिर समेत गरे । “हामीले विगतमा गरेको आन्दोलनको प्रतिफल नै अहिले मुलुक समृद्धको दिशामा जानु हो । यो अवसर गुम्न दिनुहुँदैन । मुलुक बनाउनको लागि सबैले आफ्नो-आफ्नो ठाउँबाट लाग्नुपर्छ,” उनले भने  ।