माओवादीले राष्ट्रिय सम्मेलनका प्रतिनिधिलाई चिउरा खुवाउने - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

माओवादीले राष्ट्रिय सम्मेलनका प्रतिनिधिलाई चिउरा खुवाउने



नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन आगामी आइतबारदेखि काठमाडौंमा शुरु हुँदैछ । नेकपा विभाजनपछि पहिलो पटक सम्मेलन गर्न लागेको माओवादी केन्द्रले अन्य पार्टीका अतिथि नबोलाउने लगायतका निर्णय समेत गरिसकेको छ ।

उसले प्रथम राष्ट्रिय सम्मेलन सामान्य ढंगले सम्पन्न गर्ने बताइसकेको छ । सम्मेलनमा माओवादीले प्रतिनिधिलाई दिउँसोको खाजा मात्र खुवाउने दायित्व लिने भएको छ । यातायात, दुई छाक खाना र बसोबासको व्यवस्था भने सम्बन्धित प्रतिनिधिले गर्नुपर्ने निर्णय गरेको हो ।

‘राष्ट्रिय सम्मेलनका प्रतिनिधिलाई आवतजावतसहित बिहान बेलुकाको खाना तथा बसोबासको व्यवस्थापन स्वयम्लाई गर्न भनिएको छ,’ व्यवस्थापन समितिका संयोजक हितमान शाक्यले भने, ‘पाँच दिनसम्म दिउँसोको खाजा भने पार्टीले खुवाउनेछ, पाँच दिनको निम्ति फरक फरक खाजाको मेन्यु बनाइएको छ ।’

शाक्यका अनुसार मासु चिउरासहित पनिरलगायतका भेराइटीहरु खाजाको मेन्युमा राखिएको छ ।