चितवनका एसपीको दादागिरी ,लामिछाने समर्थकको रिस पत्रकारलाई - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

चितवनका एसपीको दादागिरी ,लामिछाने समर्थकको रिस पत्रकारलाई



चितवन। पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई सोमबार फेरी चितवन जिल्ला अदालतबाट पाँच दिनको लागि म्याद थप गरिएको छ। रवि लामिछानेलाई फेरी म्याद थप गरेपछि उनका समर्थकहरुले उग्र नाराबाजी गर्नुका साथै प्रदर्शन समेत गरेका थिए।

लामिछानेसहित युवराज कँडेल र रुकु कार्की (अस्मिता) गत बिहिबार काठमाडौँबाट पक्राउ परेका थिए। गत शुक्रबारदेखि प्रहरी हिरासतमा रहेका लामिछानेको रिहाइका लागि उनका समर्थकहरुले विदेशदेखि लिएर देशका विभिन्न स्थानहरुमा गरेको प्रदर्शन तथा नाराबाजी जारी छ। तर चितवनका एसपी दान बहादुर मल्लले उनी विरुद्ध हो कि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल विरुद्ध लगाईएको नाराबाजीलाई लिएर हो पब्लिकको रिस पत्रकार माथि पोखेका छन्।

यसैक्रममा पिएनपिखबर डट कममा विगत ३ वर्षदेखि फोटो पत्रकारिता गर्दै आएका फोटो पत्रकार मच्छे नारायण श्रेष्ठलाई समाचार संकलन गर्दै गर्दाको क्रममा नारायणी सामुदायिक अस्पतालको प्राङ्गणबाट अपमानजनक व्यवहार गर्दै प्रहरीले पक्राउ गरेको छ। आफ्नो सन्चार माध्यमको परिचय पत्र देखाउँदा र क्यामेरा हातमा हुँदा हुँदै पनि पत्रकार श्रेष्ठले मलाई किन समात्नु भएको ? कहाँ जानु पर्ने ? भनेर भन्दा भन्दै प्रहरीले घिच्याउदै उनलाई अपमानजनक तरिकाले लिएर गएको थियो। उनलाई दुई घण्टासम्म सोधपुछको लागि हिरासतमा राखिएको थियो। अन्तमा क्यामेरामा भएको सम्पूर्ण फुटेज डिलिट गरेर एउटा स्वच्छ पत्रकारिता गर्दै आएको पत्रकार माथि आपत्तीजनक व्यवहार समेत गरेको पत्रकार मच्छे नारायण श्रेष्ठले बताएका छन्। भोलिदेखि यो ठाउँको वरिपरि कहिँ देँखे भने लगेर जाक्दिने भन्दै डिएसपीले धम्काएको समेत श्रेष्ठले बताएका छन्।

चितवन प्रहरीले केहि दिन अगाडी पनि केहि पत्रकारहरुलाई टाउको र शरीरका विभिन्न भागमा गम्भीर चोट लाग्ने गरि लाठी प्रहार गरेको थियो। उक्त घटनामा एक जना सञ्चारकर्मीको क्यामेरा प्रहरीले खोसेको थियो।

विभिन्न युट्युब च्यानलहरुले अतिरन्जित हेडलाइन र थम्बनेलहरु राखेर भिडियोहरु सामाजिक सञ्जालहरुमा अपलोड गरेको भन्दै उनले एउटा स्वच्छ पत्रकारिता गर्दै आएको यस सञ्चार माध्यमका पत्रकारलाई पक्राउ गर्नु, हिरासतमा राख्नु र दुर्व्यवहार गर्नु निन्दनीय रहेको पिएनपीखबरका सञ्चालकहरुले जनाएका छन्। रवि लामिछानेलाई फसाउन प्रचण्डको आग्रहमा एसपी दान बहादुर मल्लले भूमिका खेलेको भन्ने पब्लिकको नाराबाजीको रिस फेर्नका लागि हाम्रा पत्रकारमाथि गरेको दुर्भाग्यपुर्ण दुर्व्यवहारले सिङ्गो सञ्चार माध्यम दुखित भएको छ।