चितवनमा उप मेयरकाे घरनजिकै बम विस्फाेट - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

चितवनमा उप मेयरकाे घरनजिकै बम विस्फाेट



चितवन । चितवनको राप्ती नगरपालिकाका उप मेयर इमानसिंह लामाको घर नजिक बम विष्फोट भएको छ ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आयोजना गरेको बन्दको पूर्वसन्ध्यामा शुक्रवार राति उप मेयर लामाको भण्डारास्थित घरनजिकै बम विस्फोट भएको हो । विष्फोटमा उप मेयर लामाको घरको झ्यालका सिसाहरु फुटेको जनाइएकाे छ ।

त्यस्तै, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेको घर नजिकै बम भेटिको छ । बम डिस्पोज गर्ने प्रयास भइरहेको चितवन प्रहरीले जनाएको छ । बम पड्काउनेको खोजिकार्य भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ ।