चितवनको बैंकमा नक्कली नोट भेटिए पछि - Himal Post Himal Post
  • २० असार २०८३, शनिबार
  •      Sat Jul 4 2026
Logo

चितवनको बैंकमा नक्कली नोट भेटिए पछि



चितवन । चितवनका बैंकमा अहिले नक्कली नोट भेटिन थालेका छन् । पूर्वीचितवनको पर्सामा रहेको नेपाल इन्भेष्टमेन्टमा विहिबार नक्कली नोट फेला परेको हाे । एक हजार दरको नोटको एउटा बन्डलमा नक्कली नोट फेला परेपछि रहस्य वाहिरिएकाे हाे ।

खैरहनी १ ज्यामिरेका निरञ्जन ओझाले नेपाल इन्भेष्टमेन्ट बैंकमा जम्मा गरेको तिन लाख रुपैया मध्य एउटा बण्डलमा उक्त नक्कली नोट फेला परेको हो ।बैंकले रकम जम्मा भएको स्लिप दिएको एक घण्टा पछि नोट चेक गर्दा नक्कली नोट फेला परेको थियो ।

बैंकले रकम गिन्ती गरेरे डिपोजिट स्लिप दिएको तर पछि चेक गर्दा एक हजारको एउटा नोट नक्कली रहेको फेला परेको नेपाल इन्भेष्टमेन्ट बैंक पर्साका शाखा प्रमुख नविन शिखंडाले जानकारी दिए । ओझाले जम्मा गरेको उक्त गड्डीमा अन्य दुईवटा बैंकको समेत ट्याग रहेको छ । पछिल्लो समय एक हजार र पाँच सयको नोट नक्कली भेटिएका छन् । प्रहरीले घ २९ ४७५२१९ नम्बरको नक्कली नोट बरामद गरेको छ । यस बिषयमा थप अनुशन्धान भइरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरिक्षक कैलाशसिहं बिष्टले जानकारी दिए ।फाइल तस्बिर ;-